असोज १५
रोटरी क्लब अफ भैरहवाले भीम अस्पताल भैरहवा लाई १० थान बेन्च हस्तान्तरण गरेको छ। भिम अस्पताल लाई प्रदान गरिएको बेन्च बनाउन समाजसेवी अर्जुन गुरुङले आफ्ना बुवा आमाको स्मृतिमा २००००.०० सहयोग गर्नु भएको थियो ।
रोटरी क्लब अफ भैरहवा का अध्यक्ष पवन पौडेल को अध्यक्षता तथा भीम अस्पताल व्यवस्थापन समिति का अध्यक्ष नारायण प्रसाद भण्डारीको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले आफु पुन नियुक्त भएपछि अस्पताल आएका बिरामी र कुरुवा हरु लाई बस्न समस्या भएकाले सहयोग को लागी रोटरी क्लब अफ भैरहवा लाई अनुरोध गरिएको मा तत्कालै समस्या सम्बोधन भएको मा क्लब लाई धन्यबाद दिनु भयो । रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राज कुमार गुप्ताले जिल्ला को एक मात्र सरकारी अस्पताल लाई सुविधा सम्पन्न र आधुनिकीकरण गर्न रोटरी क्लब अफ भैरहवा सधैं तत्पर रहेको र ग्लोबल ग्रान्ट अन्तर्गत ३००००.०० डलर बराबरको रकम सहकार्य गरी प्रयोग मा ल्याउन सकिने जानकारी दिनु भयो। रोटरी क्लब अफ भैरहवा का अध्यक्ष पवन पौडेलले भीम अस्पताल मा आएका बिरामीलाई अन्यत्र रिफर गर्न नपर्ने गरी सेवा सुविधा उपलब्ध गराउनु पर्ने मा जोड दिनु भयो ।
कार्यक्रममा अस्पताल का चिकित्सक आरिफ खान, रोटरी क्लब अफ भैरहवाका पूर्व अध्यक्ष शिवहरि शर्मा, प्रेसिडेन्ट इलेक्ट उमेश चन्द्र आचार्य, रोटरी क्लब अफ भैरहवाका सदस्य , रोट्रयाक्ट क्लब का पदाधिकारी तथा सदस्य हरु को सहभागिता रहेको थियो ।
कार्यक्रम को सञ्चालन रोटरी क्लब अफ भैरहवाका सचिव कमल कोइराला ले गर्नु भएको थियो।






