
भदौ ३१
रुपन्देही को सिद्धार्थनगर नगर पालिका मा रहेको बहिरा बाल माध्यामिक विधालय मेउडिहवा मा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लब अफ भैरहवा को आयोजना मा सम्पन्न उक्त प्रतियोगिता मा विधालय का २९ जना विधार्थी सहभागी भएका थिए ।
रोटरी क्लब अफ भैरहवा का अध्यक्ष पवन पौडेलको अध्यक्षता मा सम्पन्न कार्यक्रम का प्रमुख अतिथी सिद्धार्थनगर नगर पालिका वडा नम्बर २ का अध्यक्ष छेदी लाल श्रीवास्तव ले क्लब ले आफनो वडा मा रहेको विधालय मा यस प्रकार को प्रतियोगिता राखेर स्रराहनिय कार्य गरेको भन्दै आगामी दिन मा यस्ता कार्यक्रम लाई निरन्तरता दिन आग्रह गर्नु भयो । कार्यक्रम मा विधालय व्यवस्थापन समिती का कार्य बाहाक अध्यक्ष शारदा श्रेष्ठ,विधालय का प्रधानाध्यापक भिम बहादुर थापा,सहायक प्रधानाध्यापक विष्णु प्रसाद ढकाल लगायत ले बोल्दै रोटरी क्लब अफ भैरहवा ले विधालय का फरक क्षमता भएका विधार्थी हरु लाई यसरी आफनो प्रतिभा देखाउने अवसर दिदा उनी हरु अत्यन्तै खुसी भएको बताउनु भयो । कार्यक्रम मा क्लब का अध्यक्ष पवन पौडेल ले रोटरी क्लब अफ भैरहवा सदैव सामाजिक कार्य र शैक्षिक गतिविधी मा अग्र स्थान मा रहेको ले विधार्थीहरु को क्षमता अभिबृद्धि गर्न सदैव लागी पर्ने बताउनु भयो । प्रतियोगितामा रोशन रेग्मी प्रथम,रुची कुमारी शाह द्धितिय,शुभद्रा पन्थी तृतीय,साहिल प्रसाद शाह चौथो,र सविन थापा पाचौ भएका थिए । प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय,चौथो, तथा पाचौ हुने ले क्रमश ५ हजार १ सय,३ हजार ५ सय,२ हजार, ५ सय,१ हजार ५ सय ,१ ह्जार १ सय नगद पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रम को स्वागत भाईस प्रेसिडेन्ट साजन जग राणा ले गर्नु भएको थियो । भने सचालन सचिव कमल कोइराला ले गर्नु भएको थियो । प्रतियोगिता मा दोभासे को भुमिका शिक्षिका अनिता मल्ल ले गर्नु भएको थियो ।






