चिनियाँ भीआइपीको विरोध गर्ने आशंकामा काठमाडौ शान्तिनगर बाट एकजना पक्राउ

२०७९ भाद्र २८, मंगलवार
पढ्ने समय : < 1 मिनेट

भदौ २८,
चिनियाँ जनकंग्रेस अध्यक्ष लि चान्सुको भ्रमणको अवधिमा विरोध जनाउन सक्ने आशंकामा प्रहरीले एकजना पक्राउ गरेको छ। काठमाडौ शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट बारा घर भएका विनय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

 

राष्ट्रिय एकता अभियानका अध्यक्ष रहेका यादवले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु सँगको भेटघाट पारदर्शी बनाउन माग गरेका थिए । लि आउनुअघि नै विज्ञप्ती जारी गरेर भेट पारदर्शी नभएर विरोध गर्ने चेतावनी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर थुनामा राखेको छ ।
उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थपेर प्रहरी वृत बानेश्वरको हिरासतमा राखिएको एकजना प्रहरी अधिकृतले बताए । राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता शाहले बिनयलाई बिनाशर्त रिहा गर्न माग गरेकी छिन् । सोमबार नेपाल आएका लि उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय