भदौ २४
सृजना गर्दै आशा जगाउने भन्ने उद्देश्यका साथ यो वर्षको आत्महत्या रोकथाम दिवस, वैदेशिक रोजगारीमा गएको परिवारको महिलाहरुलाई एकदिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका वार्ड नं ३ को आयोजनामा भएको कार्यक्रममा, अबलोन नेपालको प्राविधिक सहयोग साथै रोटरी क्लब अफ भैरहवा, इन्नरव्हील कल्ब अफ लुम्बिनी र रोट्रयाक्ट कल्ब अफ भैरहवाको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
वार्ड नं ३ का वडा अध्यक्ष श्री नारायण प्रसाद उपध्यायको अध्यक्षता मा भएको कार्यक्रममा, दर्खसंवा समाजका अध्यक्ष श्री ओम बहादुर पुनको प्रमुख आतिथ्यता, रोटरी क्लब अफ भैरहवा का अध्यक्ष रो. पवन पौडेल, इन्नरव्हील कल्ब का अध्यक्ष रुबिता कार्की तथा पूर्व अध्यक्ष सीता भट्टराई, रोट्रयाक्ट कल्ब अफ भैरहवा का अध्यक्ष रो. अंकित पौडेल साथै अबलोन नेपालका परामर्शदाता रञ्जु शर्मा र माला प्रधान को उपस्थिति रहेको थियो. कार्यक्रम मा मानसिक स्वास्थ्य, लागू औषध दुव्र्यसन र आत्महत्या रोकथामको विषयमा कार्यक्रम सञ्चालन भएको थियो ।






