भदौ १५
संस्कृति जोगाउने उदेश्यले तिलोत्तमाको भलवारीमा स्याङजा तिन्दोवाटेः नेवाः खलको आयोजनामा लाखे नाच प्रस्तुत गरिएको छ। आफ्नो पहिचान र संस्कृतिको संरक्षण गरौ भन्ने नारासहित स्याङजा तिन्दोवाटेः नेवाः खलले लाखे नाचको आयोजना गरेको राजु श्रेष्ठले बताएका छन ।तिलोत्तमा नगरपालिका का नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख जागेश्वर देवी चौधरीको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नेवार समुदायका अग्रज तथा युवाहरु भेला भएर लाखेजात्रामा ढोल, झ्याम्टा बजाउँदै, विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्परा अनुसारको र्र्याली, भेषभुषा र नाच प्रदर्शन गर्दै भलवारी चोकमा संचालन गरिएको खलका राजु श्रेष्ठले बताएका छन । गाईजात्राको बेला पनि देखाईने लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो।नेपाली कांग्रेस की केन्द्रिय सदस्य गंगा शाही, भेक प्रसाद श्रेष्ठ, चन्द्रमान श्रेष्ठ, तिलोत्तमा वडा नम्बर ७ का अध्यक्ष देवीलाल पंगेनीको समेत सहभागिता रहेको सो लाखे नाच भलवारी चोकमा साँझसम्म चलेको थियो। कार्यक्रम मा लाखे नाच ब्यबस्थापन संगै स्याङजा तिन्दोवाटेः नेवाः खलका किरण कुमार श्रेष्ठ, बिनोद श्रेष्ठ, कुमार राज भण्डारी, बिजय श्रेष्ठ, रजिन श्रेष्ठ, राजकुमार श्रेष्ठ लगायत ठुलो संख्यामा स्थानियहरुको उपस्थिति रहेको थियो।
त्यसै गरी झिंगुः नेवाः खलः तिलोत्तमा ६ को आयोजनामा समेत तिलोत्तमा मणिग्राम १२ नम्बर चोकमा नेवारी लाखे नाच कार्यक्रम देखाइएको छ। झिंगुः नेवाः खलः तिलोत्तमा ६ को आयोजनामा नेपाली नेवारी परम्पराको संरक्षण गर्दै तिलोत्तमाको मणिग्राम १२ नम्बरमा लाखे नाच प्रदर्शन गरिएको छ। नेवार समुदायका अग्रज तथा युवाहरु भेला भएर लाखेजात्रामा ढोल, झ्याम्टा बजाउँदै विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै लाखे नाच प्रस्तुत गरिएको समितिका सदस्य बिष्णु श्रेष्ठ पासाले बताएका छन। लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो।






