महोत्तरीको भिठ्ठामोड नाकाबाट एक पाकिस्तानी युवती एसएसबीको नियन्त्रणमा

२०७९ श्रावण २८, शनिबार
पढ्ने समय : 2 मिनेट

साउन २८
महोत्तरीको जलेश्वर हुँदै भारत तर्फ प्रवेश गरि रहेको अवस्थमा भिठ्ठामोड नाकाबाट एक पाकिस्तानी युवतीलाई सीमामा तैनाथ एसएसबीले नियन्त्रणमा लिएको छ ।
प्रहरी श्रोतका अनुसार दावत—ए—इश्लामी संगठन सँग साँठगाँठ रहेको पाकिस्तानी युवती खुला सिमा नाका भएका कारण महोत्तरीको भिठ्ठामोड नाका हुँदै भारत बिहारको सितामढी जाँदै गरेको आवस्थामा शंका लाग्दा सिमा मा सुरक्षाका लागि खटिएका भारतीय एसएसबीले नियन्त्रणमा लिई सोध पुछ गर्दा पाकिस्तानी नागरिक रहेको खुलेको छ ।
फैसलाबाद पाकिस्तान बस्ने २५ वर्षीय खाजिदा नुर पाकिस्तानबाट साउन २१ गते दुबई एयरलाइन्सको फ्लाइट नम्वर ३४४ बाट दुबई आएको र सोही दिन उनी फ्लाई दुबई एयरलाइन्सको ५३९ नम्वरको फ्लाई दुबईबाट काठमाडौं आइपुगिन । उनले बोकेको पासपोर्ट नम्वर जिसि ००००८८१ रहेको छ । साउन २१ गते शनिबार राति काठमाडौबाट रात्रिबस चढेर मधेश प्रदेशको सिरहा आईपुगे जहाँ उनलाई सिरहाको कल्याणपुर नगरपालिका वडा नम्वर ५ का मोहन साहको छोरा जीवन कुमार साहले २२ गते बिहान रिसिभ गरेर सिरहाको एक होटलमा राखेर साउन २३ गते महोत्तरीको जलेश्वर पुगेका छन् ।
जलेश्वरमा पहिले देखि नै किसान वाग, बहादुरपुर जिल्ला हैदराबाद तेलंगाना बस्ने युवक सैयद महमुद उपस्थित थिए । उनीहरुको जलेश्वरमै भेट भयो । सैयदले युवतीलाई भारत प्रवेश गराउन नक्कली आधारकार्ड बनाएर राखेका थिए । सोही आधारमा सैयदले युवती नुरलाई लिएर अघि बढेपछि नेपाली युवक पछि–पछि भारत तर्फ लागेका थिए ।
भिठ्ठामोड नाकाबाट भारत तिर जाँदै गरेको अवस्थामा पाकिस्तानी युवतीको अनुहार हेर्दा भारतीय जवान एसएसबीलाई शंका लाग्दा त्यही महिला सुरक्षाकर्मीले बोलाएर सोधपुछ गर्दै जाँदा पाकिस्तानी महिला भएको पुष्टि भएपछि नेपाली युवक त्यहाँबाट भाग्न खोज्दाँ तिनलाई पनि नियन्त्रणमा लिइएको सुरक्षा श्रोतले जानकारी दिएको छ ।
भारतीय सुरक्षा अधिकारीहरुको श्रोतका अनुसार १५ अगस्तलाई सुरक्षाको मध्यनजर गदै सिमा क्षेत्रमा निकै कडाई गरिएको बावजुत पाकिस्तानी युवती नुरलाई नियन्त्रणमा लिन भारतीय सुरक्षाकर्मी सफल भएका छन् । नुर फैसलाबाद स्थित जिसि ओमेन युनिभरसिटी फैसलाबाद बाट विएस साइक्लोजी विषयमा ब्याचलर गरेकी छन् । दावत—ए—इश्लामी संगठन सँग साँठगाठ रहेको युवती नुरको ४ सेप्टेम्वरको दुबई एयरलाइन्सको ५७६ नम्बरको फ्लाइटबाट साझ ७ बजे काठमाडौंबाट दुवई र सोही दिन राति ११ः३५ मा ३४३ नम्वरको फलाइटले दुबईबाट फैसलाबादबाट फर्किने टिकट समेत फेला परे पछि थप शंका उत्पन्न भएको सुरक्षा जाँच एजेन्सिले जानकारी दिए ।
हालै भारतमा दावत—ए—इश्लामी संगठनको गतिविधि तीब्र बनेपछि अमन चैनको बिरोधीहरु नेपालको बाटो हुँदै भारतमा अपराधिक गतिविधि संचालन गर्न खुफिया रिपोर्टका आधारमा सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
पाकिस्तानी युवती नुर सँगै नेपाली नागरिक साह र हैदरावादको युवक सैयद महमुदलाई सीतामढी सुरक्षा अधिकारीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय