नेपाल–भारत सम्बन्ध अझै बलियो बनाउन विरगंजदेखि दिल्लीसम्म पैदल यात्रा

२०७९ श्रावण २३, सोमबार
पढ्ने समय : < 1 मिनेट

 

साउन २३
वीरगन्जका एक युवक वीरगन्जदेखि दिल्लीसम्मको पैदल यात्रामा निस्किएका छन् । वीरगन्ज महानगरपालिका–२ छपकैयाका ३० वर्षीय सेख मुन्ना वीरगन्ज घन्टाघरदेखि दिल्लीसम्म पैदल यात्रा गर्न निस्किएका हुन् । शनिबार उनलाई वीरगन्ज महानगरपालिका का उपप्रमुख इम्तियाज आलमसहितका स्थानीयले माला र खादा लगाएर बिदाई गरेका छन् ।
एक हजार ६० किलोमिटर टाढा रहेको भारतको राजधानी नयाँदिल्ली जाने योजना उनले चार महिना अघिदेखि बनाएका थिए । महानगर, जिल्ला प्रशासन कार्यालय, परराष्ट्र मन्त्रालय र भारतीय दूतावासबाट उनले दिल्लीसम्मको पैदल यात्राका लागि अनुमति पाएका छन् ।

वीरगन्ज र नेपालको नाम फैलाउन आफूले अनौठो लक्ष्य लिएको उनले बताए । तेक्वान्डो खेलका स्थानीय प्रशिक्षक समेत रहेका मुन्नाले यात्रामा कुनै अवरोध नभए १८ देखि २४ दिनभित्रमा दिल्लीको संसद् भवन पुग्ने लक्ष्य राखेका छन् ।

यस पैदल यात्राले पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल–भारतको सम्बन्धलाई अझै बलियो बनाउने उद्देश्य रहेको उनले बताए । उनले वीरगन्ज–दिल्ली रुटमा पर्ने भारतीय प्रहरीचौकी हुँदै आफू कुन मितिको कुन समयमा आएको सिफारिस गराउँदै जिपिएसको सहाराले यात्रा गर्ने बताएका छन्।

वीरगन्जको घन्टाघरबाट प्रारम्भ भएको उनको यात्रा बिहारको रक्सौल, नरकटियागन्ज, रामनगर, बगाहा हुँदै उत्तरप्रदेश पुग्नेछन् । त्यहाँबाट गाजियावाद, बुलेन्दसहर हुँदै दिल्ली पुगेर यात्रा सकिनेछ । सात किलोको झोलामा दैनिक उपभोग्य सामान बोकेर उनी यात्रामा निस्किएका छन् । बिहान ६ देखि राति ८ बजेसम्म उनले दैनिक १४ घन्टा पैदल यात्रा गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय