एक चीन नीतिमा दृढतापूर्वक उभिन सरकारलाई एमालेको आग्रह

२०७९ श्रावण २३, सोमबार
पढ्ने समय : < 1 मिनेट

 

साउन २३

प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक चीन नीतिमा दृढतापूर्वक उभिन सरकारलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभा को आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ताइवानको घटनाक्रम प्रति आफूहरु गम्भीर रहेको बताए । उनले सरकारलाई पनि एक चीन नीतिको पक्षमा दृढतापूर्वक उभिन समेत आग्रह गरे ।
हाम्रो छिमेकीहरु भारत र चीनको आ–आफ्नै संवेदनशीलता रहेको भन्दै उनले त्यसमाथि खेलबाड गर्न नसक्ने बताए । ‘विश्व शक्तिका लहैलहैमा हामी जान सक्दैनौं,’ पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भने, ‘तिब्बत, हङकङ, ताइवान चीनका अभिन्न अंग हुन्, यो आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गर्न मिल्दैन भन्ने सरकारको पोजिसन तत्काल सार्वजनिक गर्न आग्रह गर्दछु नेता ज्ञवाली ले भने।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय