जेठ ६
नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय सामाजिक सञ्जाल इन्फ्लुएन्सर, भ्लगर, पडकास्टरलाई नेपाल घुमाउने भएको छ।
दूतावासले सोसल मिडिया इन्फ्लुएन्सर, भ्लगर, पडकास्टरलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदासहितका पर्यटकीय गन्तव्य घुमाउने तयारी गरेको हो। दूतावासले पाँच जनालाई घुमाउन नेपाल ल्याउन लागेको छ।
छानिएका सामाजिक सञ्जाल इन्फ्लुएन्सर, भ्लगर, पडकास्टरले आकर्षक डिजिटल कन्टेन्ट तयार गर्नुका साथै भारतीयलाई नेपाल घुम्न आउन उत्प्रेरित गर्नुपर्नेछ। जसको माध्यमबाट नेपालले आफ्ना पर्यटकीय तथा धार्मिक गन्तव्यको प्रचार भारतमा गर्न खोजेको छ।
दूतावासले इच्छुक सामाजिक सञ्जाल इन्फ्लुएन्सर, भ्लगर, पडकास्टरलाई आवश्यक कागजातसहित जेठ १६ गतेसम्म आवेदन पेश गर्न समय दिएको छ।






