धार्मिक भेटघाटमा दुई मुख्यमन्त्री, मधेश–यूपी सम्बन्धमा नयाँ सम्भावना

२०८१ चैत्र ७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

चैत ८
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच कपिलवस्तुको बलरामपुरमा अनौपचारिक भेटघाट भएको छ। बिहीबार भगवती मठेश्वर मन्दिरको दर्शनका लागि पुगेका मुख्यमन्त्री सिंहको सोही समय मन्दिर पुगेका मुख्यमन्त्री योगीसँग कुराकानी भएको हो।
यद्यपि यो भेट औपचारिक कार्यक्रम अन्तर्गत नपरे पनि दुई मुख्यमन्त्रीबीच धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाहरूका बारेमा अर्थपूर्ण संवाद भएको जानकारी नेपाली कांग्रेसका युवा नेता तथा ‘घुमौं मधेश, बुझौं मधेश’ अभियानका संयोजक विकास ठाकुरले दिएका छन्।

मुख्यमन्त्री सिंहले जनकपुरधाम लगायत मधेश प्रदेशका विभिन्न ऐतिहासिक तथा धार्मिक स्थलहरूको समग्र विकासका लागि आपसी सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

साझा सांस्कृतिक जरा र सिमाना नजिकको आपसी सम्बन्धलाई सुदृढ गर्ने दिशामा यस्तो भेटलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ। धार्मिक यात्राका क्रममा भएको यो अनौपचारिक संवादले दुई प्रदेशबीच सहयोगको ढोका खुल्ने आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय