परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

२०८१ फाल्गुन २६, सोमबार
पढ्ने समय : < 1 मिनेट

फागुन २६

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गरेकी छन्।

मन्त्री डा. राणा भारतको झारखण्ड राज्यस्थित प्रसिद्ध धार्मिक स्थल बाबा वैद्यनाथ धाममा पूजाआजा गर्न जाने कार्यक्रम रहेको छ।

धार्मिक भ्रमणपश्चात् परराष्ट्रमन्त्री राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)’ ले यही १७ देखि १९ मार्च २०२५ सम्म नयाँ दिल्लीमा आयोजना गर्ने ‘राइसिना डाइलग’मा सहभागी हुने परराष्ट् मन्त्रालयले जनाएको छ।
‘राइसिना डाइलग’ सन् २०१६ देखि नियमित रुपमा आयोजना भइरहेको छ। उक्त ‘डाइलग’ मा विश्वका विभिन्न देशका राजनीतिक व्यक्तित्व, कूटनीतिज्ञ, नीति निर्माता तथा विश्लेषकबीच अन्तर्राष्ट्रिय सम्बन्ध, वैश्विक चुनौतीहरू र रणनीतिक विषयहरुमा छलफल तथा विचार विमर्श हुने गर्छ।
विश्वका विभिन्न मुलुकका प्रधानमन्त्री तथा विदेश मन्त्रीहरुको सहभागिता रहने उक्त कार्यक्रममा मन्त्री राणाले सम्बोधन गर्नेछिन्।
उक्त कार्यक्रममा भाग लिनुका साथै मन्त्री राणाले भारत लगायत अन्य मुलुकका उच्च अधिकारीहरुसँग समेत द्विपक्षीय भेट तथा बैठकहरु गरी आपसी हितका विषयहरुमा छलफल गर्ने परराष्ट्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय