चीन नेपालको विश्वासिलो, सर्वकालिक विकास साझेदार हो–उपाध्यक्ष घिमिरे

२०८१ फाल्गुन २३, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

फागुन २३
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले छिमेकी मुलुक चीन नेपालको विश्वसिलो र सर्वकालिक बिकास साझेदार भएको बताएकी छन ।
निजामती कर्मचारी अस्पतालमा चीनको सहयोगमा स्थापित अन्धोपन रोकथामका लागि लाइफलाइन एक्सप्रेस केन्द्रको शुभारम्भ गर्दै उपाध्यक्ष घिमिरेले नेपालको स्वास्थ्य, पुर्वाधार, पर्यटन लगायतका क्षेत्रको विकासका लागि चीनले सहयोग गर्दै आएको चीन विश्वासिलो र सर्वकालिक विकास साझेदारको रुपमा रहेको धारणा राखेकी छन ।
‘चीन नेपालको विश्वासिलो, सर्वकालिक विकास साझेदार हो।’ उनले भनीन ‘नेपाल र चीन पुरानो मित्र, असल छिमेकी तथा विश्वासिलो साझेदारको रूपमा परिचित छौं।, नेपाल–चीन सम्बन्ध आपसी सहयोग, समझदारी, एक–अर्काका संवेदनशीलताको कदर र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको बलियो जगमा आधारित रहेको छ।’
उपाध्यक्ष घिमिरेले चीनले कोभिड महामारीको समयमा गरेको भ्याक्सिन लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीहरूको सहयोग देखि भौतिक पूर्वाधारको विकास, व्यापार तथा पर्यटन तथा जनस्तरको सम्बन्ध पनि चीन र नेपाल सम्बन्धको विशिष्ट परिचय बनेको बताएकी छन । ‘नेपालले लिएको विकास लक्ष्य अनुसार सन् २०२६ सम्ममा हामी अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्न गइरहेका छौं। विकासको यस राष्ट्रिय आकांक्षालाई हासिल गर्न चीनको सदाझैं सहयोग रहनेमा हामी विश्वस्त र्छौं।उनले भनीन।
नेपालले चीनसँगको सम्बन्धलाई सधैं उच्च महत्व दिंदै आएको बताउँदै उनले एक चीन सिद्धान्तलाई हामीले दृढताका साथ पालन गर्दै आएको पनि दोहो¥याएकी छन । यस वर्ष चीन र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले विगत ७० वर्षमा हाम्रो सम्बन्ध निरन्तर बलियो हुँदै बहुआयामिक क्षेत्रमा विस्तारित हुँदै आएको हामीले प्रत्यक्ष देखेको बताइन कार्यक्रममा साङ्घाई कोअपरेसन अर्गनाइजेशनको गुड नेवरलिनेश, फ्रेंडसिप एण्ड कोअपरेशन कमिशनका उपाध्यक्ष एवं नेशनल हेल्थ कमिशन अफ चाइनाका पूर्व भाइस मिनिष्टर छुइ लि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा. रबिलाल पन्थ, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विद्याननिधी पौडेलले लगायत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय