भैरहवा पुस १७
लुम्बिनी मा विभिन्न सामाजिक कार्य गर्दे आएको चिनिया सस्था स्यान्दो याहुनले मदरसामा न्यानो लुगा वितरण गरेको छ। सस्थाले लुम्बिनी सास्कृतिक नगर पालिका वडा नम्बर ४ मनौरि मा रहेको अरबिया सिराजुल अलुम अल सल्फिया मदरसा मा अध्ययन गर्ने बाल बालिका हरु लाई न्यानो लुगा बितरण गरेको राजकीय बौद्ध बिहार लुम्बिनीका प्रमुख सागर धम्म ले जानकारी दिएका छन।

मदरसामा रहेका बाल बालिका हरु लाइ एक सय पिस न्यानो कपडा बितरण गरिएको सस्थाले जनाएको छ।
कार्यक्रममा प्रमुख सागर धम्म ले स्यान्दो याहुन सस्थाले लुम्बिनी मा विगत देखी नै यहा को आवश्यकताको आधारमा समयसापेक्ष उत्कृष्ट कार्यक्रमहरुको आयोजना गर्दै आएको बताए । उनले यस्तै सामाजिक कार्यहरूलाइ निरन्तरता दिन आग्रह गर्दै यो कार्यक्रम निकै उत्कृष्ट भएको बताए ।
कार्यक्रममा सस्था का प्रमुख भन्ते सिफु चोन्सी ले यस्ता सामाजिक कार्यहरु लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन ।






