पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत छैन ः पूर्वपर्यटनमन्त्री भट्टराई

२०८१ पुष १२, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

 

पुस १२

पूर्वसंस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत नभएको बताएका छन्।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएसन मिट–२०२४ः नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले यस्तो बताएका हुन्।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत भएको जिकीर गरे।
पूर्वमन्त्री भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई परियोजना सम्बन्धी भएका १० परियोजनाको सम्झौतामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नरहेको स्पष्ट देखिएको बताए।
उनले सम्झौता हुँदा उल्लेख भएका १० रेल्वे, सडक, शिक्षा र ट्रान्समिसन लाइन लगायतका परियोजनाहरू रहेको भन्दै पोखरा विमानस्थल नभएको स्पष्ट पारे।

नेता भट्टराईले सरकारको बीआरआईका १० वटै आयोजनाहरू अनुदानमा हुनुपर्छ भन्ने नेपालको चाहना रहेको धारणा राखे।

उनले भने,‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना होइन। प्रधानमन्त्रीको चीन भ्रमणमा भएको बिआरआई फ्रेमवर्कमा हस्ताक्षर हुँदा कुन–कुन आयोजना गरेका छन्। सबैलाई थाहा भएको छ। सम्झौता हुँदा उल्लेख भएका १० आयोजनाहरू बीआरआई परियोजना भित्रका हुन्। रेल्वे,सडक,शिक्षा र ट्रान्समिसन लाइन लगायका परियोजनाहरु छन् । जसमा १० वटै आयोजनाहरु अनुदानमा हुनुपर्छ भन्ने नेपालको चाहाना हो। यसमा स्पष्ट छ। यो परियोजनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छैन।’

उनले एमसीसी र बीआरआईको पक्षधर भएको भन्दै एमसीसीको कुरा गर्दा चीनलाई बीचमा नेपालले नल्याउने बताए। बीआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्नु नपर्ने उनको धारणा छ।

उनले भने, ‘हामी एमसीसी र बीआरआईको पक्षधर हो। भारतका कतिपय नेपालको हितका हुने कामको पक्षमा पनि हो। हामी एमसीसीको कुरा गर्दा चीनलाई बीचमा ल्याउँदैनौं। बीआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्नुपर्दैन। भारतीय एक्जिम बैंकको पैसा कहाँ लगानी गर्ने भनेर चीनसँग सल्लाह गर्न जाँदैनौं।’
उनले दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा चलाउनको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले सरकारले केही सहुलियत दिएर भएपनि दुवै विमानस्थललाई सञ्चालनमा ल्याउनुको विकल्प नभएको धारणा राखे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय