तिरुपति स्पोट्र्स क्लबको अध्यक्षमा भुषाल, प्रशिक्षक बसन्त शाही सम्मानित

२०८२ फाल्गुन १७, आईतवार
पढ्ने समय : 2 मिनेट

भैरहवा फाल्गुन १७
तिरुपति स्पोट्र्स क्लबको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम शनिबार भैरहवा स्थित गुलमोहर रेष्टुरेन्टमा सम्पन्न भएको छ । २०८२ फागुन १७ गते आयोजित एक विशेष समारोहका बीच खेमराज भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।दुई सत्रमा कार्यक्रम सम्पन्न कार्यक्रमको पहिलो सत्रको सभापतित्व निवर्तमान अध्यक्ष राजकुमार गुप्ताले गर्नुभएको थियो भने दोस्रो सत्र नवनिर्वाचित अध्यक्ष खेमराज भुषालको सभापतित्वमा सम्पन्न भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी, पूर्व अन्तर्राष्ट्रिय सहायक प्रशिक्षक एवं लुम्बिनी प्रदेशका प्रमुख प्रशिक्षक बसन्त शाहीले तिरुपति स्पोट्र्स क्लबको ऐतिहासिक भूमिकाको चर्चा गर्नुभयो । उहाँले क्लबले हालसम्म दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरेर नेपाली खेलकुदमा ठुलो योगदान दिएको बताउँदै निवर्तमान कार्यसमितिको प्रशंसा र नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।


सो अवसरमा प्रशिक्षक शाहीलाई उहाँको अतुलनीय योगदानको उच्च सम्मान गर्दै सम्मान पत्र र नगदसहित विशेष सम्मान गरिएको थियो । यस्तै, क्लबका आजीवन सदस्य संजिव शर्मा रेग्मीलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।
निवर्तमान अध्यक्ष राजकुमार गुप्ताले घोषणा गर्नुभएको नयाँ कार्यसमितिमा खेल क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको बाहुल्यता रहेको छ । नया कार्यसमितिको अध्यक्ष खेमराज भुषाल, वरिष्ठ उपाध्यक्ष कैलाश गुप्ता, उपाध्यक्ष संजीव जोशी, सचिव प्रिय बन्धु न्यौपाने, कोषाध्यक्ष मनोज भण्डारी, सह–सचिव भूवन राणा, सह–कोषाध्यक्ष कृष्ण कुँवर रहनुभएको छ भने सदस्यहरूमा सन्तोष भुषाल, हरिस सेठिया, विजय खरेल, प्रेम बेलबासे, शारदा मल्ल, सुजित श्रीवास्तव, पिताम्बर न्यौपाने, विजय ज्ञवाली र दिप आचार्य चयन हुनुभएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य मनोज भण्डारीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रिय बन्धु न्यौपानेले गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष भुषालले आफ्नो कार्यकालमा क्लबलाई अझ उचाइमा पु¥याउने र थप खेलाडी उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय