भारतको करोडौं को लगानीमा मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवन निर्माण

२०७९ फाल्गुन १९, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

 

फागुन १९

भारत सरकारको झण्डै तीन करोड रुपैयाँमा मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवन निर्माण गरिएको छ । भारतीय आर्थिक सहयोगमा काठमाडौंमा बनाइएको उक्त कलेजको नवनिर्मित भवन कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरेको उक्त भवनबारे भारतीय सञ्चार माध्यमहरुले प्रमुखताका साथ समाचार प्रसार गरेका छन् । इण्डिया न्युज नेटवर्कले लेखेको छ, ‘उक्त भवन निर्माण सम्बन्धी परियोजना नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत भएको हो । कूल लागत २ करोड ८६ लाख ४० हजार रुपैयाँ लागेको छ ।’
भवन हस्तान्तरण कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा मदन भण्डारी फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी लगायत को उपस्थित थियो । उषाकिरण स्वर्गीय मदन भण्डारीकी सुपुत्री हुन् ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार भारतले यस्तो सहयोग पछिल्लो २० वर्षदेखि गर्दै आएको छ । सन् २००३ बाट शुरु भएको समुदायको विकास सम्बन्धी यस्तो अवधारणा अन्तर्गत ५३५ वटा परियोजनामा लगानी गरिएको छ । तीमध्ये ४७८ वटा निर्माण सम्पन्न भइसकेका छन् ।
दूतावासले मदन भण्डारी कलेजलाई एउटा कलेज बससमेत उपलब्ध गराएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय