अबैध सामान बरामद

२०७८ मंसिर २२, बुधबार
पढ्ने समय : < 1 मिनेट

भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको सामानसहित जीप रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान ओमसतिया गाउँपालिका–४, बालापुरबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको लेडिज सुट ३१९ पिस, बिभिन्न मेसिनरी उपकरणका पाटपुर्जा १६७ पिस, मेसिनरी नट १ बोरा, सुपर फास्ट ४४३ पिस, डोको निकोल ३ थान गरी बलेरो पिकअप जीप बरामद गरेको हो ।

उक्त अवैध सामान र जीपको अन्दाजी मूल्य १७ लाख रुपैयाँ रहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए । लु१ ज४०१२ नम्बरको उक्त बलेरो पिकअप जीप ओमसतिया गाउँपालिका–५ बस्ने ३२ वर्षीया परदेशीप्रसाद शाहानीले चलाई ल्याएका थिए । प्रहरी जीप चालकलाई पनि नियन्त्रणमा लिएको छ ।

जीप रोकी चेकजाँच गर्ने क्रममा अवैध सामान फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले चालक, बलेरो जीप र अवैध सामान भैरहवा भन्सार कार्यालय, बेलहिया बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय