सुशील गुरुङ निरन्तर घरदैलोमा, मतदातामा उत्साह

२०८२ फाल्गुन ५, मंगलवार
पढ्ने समय : < 1 मिनेट

भैरहवा फागुन ५
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
क्षेत्रका विभिन्न टोल–बस्तीमा चुनावी एजेण्डासहित मतदाताहरुसँग प्रत्यक्ष भेटघाट तथा संवाद समेत गरिरहेको रुपन्देही–३ नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ ।


घरदैलो कार्यक्रमका क्रममा उनले स्थानीयका समस्या, अपेक्षा र सुझाव सुन्दै विकास, रोजगारी, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुशासन र पारदर्शितालाई आफ्नो मूल मन्त्र भएको बताउँदै उनले भने, ‘जनताको करको सही सदुपयोग गर्दै पारदर्शी र जवाफदेही नेतृत्व दिने प्रतिबद्धता व्यक्त गर्दछु। स्थानीय नै भएकोले निर्वाचनपछि पनि म जनताकै बीचमा रहेर काम गर्नेछु।’अभियानमा कांग्रेसका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरुको उल्लेखनीय सहभागिता रहेको छ। समितिका अनुसार, भेटघाट कार्यक्रममा मतदाताहरुले पनि उत्साहजनक साथ दिएका छन् ।गुरुङले रुपन्देही–३ मा सडक पूर्वाधार विस्तार, भैरहवा विमानस्थल संचालन, फोहोर व्यवस्थापन, कृषि, युवा स्वरोजगार कार्यक्रम, गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा लगायतलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय