लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

२०८२ मंसिर २४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

भैरहवा मसिर २३
बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषको सहकार्यमा महोत्सव गरेको हो ।सोमबार लुम्बिनीस्थित बेवि बुद्धको अगाडि आयोजित महोत्सवमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, राजनीति दलका नेता, स्थानीय तहका प्रतिनिधि, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारी, राजदूतावासका अधिकारीहरु, स्थानीय, पर्यटन व्यवसायी, सुरक्षा अधिकारी सहभागी थिए ।बौद्ध धर्ममा केन्द्रित हुँदै आयोजना गरिएको सो कार्यक्रममा भारत र नेपाल दुवैको समृद्ध सांस्कृतिक सम्पदा र परम्परालाई उत्सवका रूपमा मनाइएको छ ।

कार्यक्रममा भारत र नेपाल दुवै देशका चर्चित कलाकारहरूको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा ६ सदस्यीय आईसीसीआर समूहले बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरेका थिए भने साँझमा नेपाली ब्यान्ड घुगुमुगुले परम्परागत सङ्गीतको प्रस्तुति दिइएको थियो ।
कार्यक्रमले दुई राष्ट्रबिचको बलियो सांस्कृतिक र ऐतिहासिक बन्धनलाई बढवा दिएको भारतीय दूतावासले जनाएको छ । लुम्बिनी प्रदेशका प्रमुख घर्तीमगर, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा.राकेश पाण्डेले संयुक्त रूपमा उद्घाटन गरिएको सो कार्यक्रममा नागरिक समाजका सदस्यहरू, शिक्षाविद्हरू, वरिष्ठ भिक्षुहरूका साथै लुम्बिनी विकास कोषका सदस्यहरू सहितको उत्साहजनक सहभागिता रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय