भैरहवा मसिर २१
पश्चिम नवलपरासीमा उद्योग रहेको एशियन कंक्रिटो लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । आइपीओ जारी गर्नका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
आइपीओ निष्कासनका लागि दुई पक्षबीच सम्झौता भएको छ । जसमा एशियन कंक्रिटोका अध्यक्ष तथा प्रबन्ध निर्देशक मनिष रुङ्गटा र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५ सय कित्ता आइपीओ निष्कासन गर्ने जनाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित ओइपीओ जारी गर्न लागेको हो ।



कम्पनीको जारी पुँजी ४६ करोड ८७ लाख ५० हजार रुपैयाँ छ । एशियन कंक्रिटो नेपालको निर्माण उद्योगमा सबैभन्दा रुचाइएको नाम हो । किनभने यसले बजारमा भएका अन्य असंगठित कम्पनीहरूभन्दा आफूलाई उच्च गुणस्तरको प्रमाणित गरिसकेको छ । उत्कृष्ट कच्चा पदार्थ र आधुनिक जर्मन टेक्नोलोजीकाबाट उत्पादन गरिएका सबै ब्लकहरू उच्च गुणस्तरका छन्।
यो निर्माण, डिजाइन वा आकार तीनवटै ठाउँमा प्रयोग गर्न सकिन्छ । गुणस्तरीय र पक्की ब्लक वा टाइल्सको खोजीमा रहेकाहरुलाई एशियन कंक्रिटो सबैभन्दा उत्तम रोजाई भएको उद्योग संचालन बताउँछन् । उद्योगले पछिल्लो समय आफ्ना उत्पादन भारत समेत निकासी गरिरहेको छ ।






