कसैले पनि तेस्रो विश्व युद्ध चाहेको छैन ः चीन

२०७९ बैशाख १४, बुधबार
पढ्ने समय : < 1 मिनेट

वैशाख १४,
रुस–युक्रेन द्वन्द्व चर्किरहेका बेला चीनले कसैले पनि तेस्रो विश्व युद्ध नचाहेको बताएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिन ले सम्बन्धित पक्षले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा एएफपीका पत्रकारले रुसी विदेश मन्त्री सेर्गेई लाभरोभले तेस्रो विश्व युद्धको सम्भावना रहेको चेतावनी दिएको कुरा उल्लेख गर्दै यसमा चीनको धारणा सोधेका थिए ।

उक्त प्रश्नको जवाफमा प्रवक्ता वेनबिनले भने, ’कसैले पनि तेस्रो विश्व युद्ध देख्न चाहेको छैन । दुवै पक्षले संयमता अपनाई शान्तिपूर्ण तवरले समस्या समाधान गरी छिटोभन्दा छिटो युरोप र विश्वलाई पुग्न सक्ने क्षतिलाई कम गर्न सक्नेछन् ।’

प्रवक्ता वेनबिनले सबै पक्षले अहिलेको अवस्थालाई मध्यनजर गर्दै वार्ता र मध्यस्थता मार्फत द्वन्द्व कम गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । त्यस्तै शीतयुद्धको ३० वर्षपछि फेरि युरोपमा किन अर्को भूराजनीतिक द्वन्द्व उत्पन्न भयो भन्नेबारेमा सुक्ष्म अवलोकन गर्नुपर्ने उनले बताए ।

गत फरवरी २४ यता रुस–युक्रेन द्वन्द्वमा ठूलो जनधनको क्षति भएको छ । भने लाखौं शरणार्थी बनेका छन् । यसबीचमा राष्ट्रसंघ लगायतले मध्यस्थताको प्रयास गरे पनि पूर्ण रूपमा दुई मुलुकबीच युद्धविराम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय