नेपाल सँग को सम्बन्ध बिगार्न केही समूह सक्रिय रहेको भारतीय रक्षामन्त्री सिंह

२०७८ पुष १, बिहीबार
पढ्ने समय : < 1 मिनेट

पुस १
देहरादुनः भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारतबीचको सम्बन्ध बिगार्न केही समूह सक्रिय रहेको आरोप लगाएका छन्।
उत्तराखण्डको राजधानी देहरादुनमा आयोजित सैनिक सम्मान कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन्।
भारतले छिमेकी देश नेपाल सँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्न चाहेको बताउँदै उनले त्यस्ता समूहहरुलाई चाहे जे पनि गर्न सकिने चेतावनी समेत दिए ।
उनले सीमावर्ती देशको आफ्नै सामरिक महत्व रहेको भन्दै सीमामा विकास हुनु भनेको देशको सुरक्षा स्थिति पनि बलियो हुने बताए।
मोदी सरकार मा वरिष्ठ मन्त्री रहेका सिंह भारतीय जनता पार्टी (भाजपा) का शीर्ष पंक्तिका नेता हुन ।
उनले भने, ‘केही यस्तो तागत छ, जो भारत र नेपालबीचको सम्बन्धलाई खराब गर्न चाहेका छन । तर, म भारत सरकारको प्रतिनिधिको नाताले भन्न चाहन्छु, त्यो कुनै पनि हालतमा हामी हुन दिने छैनौं ।’
उनले उत्तराखण्डको सीमाको प्रसंग जोड्दै नेपालको विषय उठाएका थिए । उनले नेपालसँग भारतको ‘रोटीबेटी’ र विशेष सांस्कृतिक सम्बन्ध रहेको विषय पनि दोह¥याएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय