पुस २५
राप्रपा केन्द्रिय सदस्य ताहिर अलीले कृषिमन्त्री महेन्द्र राय यादव को राजीनामा माग गर्दै रोहिणी गाउँपालिका को टिकरमा विरोध प्रदर्शन गरेका छन् ।
सदस्य अली ले वार्ता संवाद मार्फत किसानहरुको माग पुरा गर्न सरकारसँग अनुरोध गरेका छन्।
विगत दुई सातादेखि मलखाद, बिउबिजन, सिचाई, उखु किसान को भुक्तानी लगायतको माग राखेर तराईमा किसान आन्दोलित बनेका छन्।
सदस्य अली ले किसानको जारी आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकार ले दमन गरेको भन्दै आपत्ति जनाएका छन्।



आन्दोलन का क्रममा कृषिमन्त्री मुर्दावादका नारा लगाइएको थियो । सदस्य अलीले किसानको माग पूरा गर्न कृषि मन्त्रालय लाई अनुरोध गरेका छन ।



