पुस २३
चीनको बेइजिङ ल्याङग्वेज एण्ड कल्चर विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्व विद्यालय बीच आपसी सहकार्य सम्झौता भएको छ । शुक्रबार भर्चुअल रुपमा आयोजित कार्यक्रम मा दुई विश्व विद्यालय बीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको बौद्ध विश्व विद्यालयले जनाएको छ ।



दुई विश्वविद्यालय बीच भएको सम्झौता पत्रमा बौद्ध विश्वविद्यालय का उपकुलपति प्राध्यापक.डाक्टर. हृदयरत्न बज्राचार्य र बेइजिङ विश्व विद्यालयका अध्यक्ष प्रा. लिउ लिले हस्ताक्षर गर्नु भएको छ ।
प्राज्ञिक उन्नयन, प्रवद्र्धन र शैक्षिक क्रिया कलापमा सहकार्य रहने गरी दुई विश्वविद्यालय बीच सम्झौता भएको हो ।
दुई विश्व विद्यालय बीच अनुसन्धान पुस्तकहरुको भाषन्तरण योजना, शैक्षिक सेमिनार तथा गोष्ठीहरु सहकार्य मा सम्पन्न गर्ने, अनुसन्धानकर्ता र शिक्षकहरु आदान प्रदान, विद्यार्थीहरु आदान प्रदान र पाठय पुस्तकहरु आदान प्रदान गर्ने सैद्धान्तिक सहमति भएको हो ।
पहिलो चरण मा बौद्ध विश्वविद्यालयका १ सय २० जना विद्यार्थीले चाइनिज भाषा बृज कोर्ष को छात्रबृत्ति प्राप्त गरेका छन् ।
यो कोर्ष गरेका विद्यार्थीहरु मध्ये केहीले बेइजिङ विश्वविद्यालय मा स्नातकोत्तर तह अध्ययनका लागि छात्रवृत्ति पाउनेछन् ।
वेइजिङ विश्वविद्यालयका अध्यक्ष लिले सम्झौता पत्र हस्ताक्षर कार्यक्रम मा बोल्दै एक जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गर्नु भएको छ ।
अध्यक्ष लिले ले यो सम्झौता पछि नेपाल चीनको आपसी मित्रता अझ प्रगाढ हुने र शैक्षिक उन्नयन सहकार्यमा अघि बढ्न सकिने बताउनु भएको छ ।
बौद्ध विश्वविद्यालयका उपकुलपति बज्राचार्यले बौद्ध दर्शन को प्रर्वद्धन, नेपाली र चिनियाँ संस्कृति , शिक्षाको विकासमा दुबै विश्वविद्यालय ले मिलेर काम गर्ने बताउनुु भएको छ ।
लुम्बिनी र नेपाल को बौद्ध दर्शन प्रवद्र्धनमा चिनियाँ भिक्षुहरुले महत्वपूर्ण भूमिका निभाएको स्मरण गर्दै उपकुलपति बज्राचार्यले अव दुई शैक्षिक संस्था को सहकार्यले दुई देशबीचको सम्बन्ध अझै बलियो हुने बताउनु भयो ।
सम्झौता हस्ताक्षर कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. तिलकराम आचार्य, अनुसन्धान निर्देशक प्रा.डा. गितु गिरी, प्राध्यापक डा. भिक्षु संकिच्च, निमित्त परीक्षा नियन्त्रक इन्द्र काफ्ले को सहभागीता रहेको थियो ।
बौद्ध विश्वविद्यालय का अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. सन्जिव हुमागाईंले विश्वविद्यालय बीच को सम्झौता पत्रमा हस्ताक्षर सँगै बौद्ध विश्वविद्यालयका विद्यार्थीले बेइजिङ विश्वविद्यालय मा भाषा अध्ययन शुरु गर्ने बताउनुु भयो ।
पहिलो चरणमा १ सय २० जना विद्यार्थीले सो कक्षा भर्चुअल रुपमा लिनेछन् । कार्यक्रम मा उपप्राध्यापक कुमार खड्काले सहजीकरण गर्नु भएको थियो ।



