प्रधानमन्त्री पत्नी आरजु र भाजपा विदेश विभाग प्रमुखबीच दिल्लीमा भेटवार्ता

२०७८ पुष १८, आईतवार
पढ्ने समय : < 1 मिनेट

पुस १८

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् ।

भारत भ्रमणमा रहेकी देउवा र आफूबीच आइतबार भेट भएको चौथाइवालेले ट्विटरमार्फत जानकारी दिएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी देउवा निजी भ्रमणको सिलसिलामा भारतको नयाँदिल्लीमा छिन् । यसअघि गत भदौमा चौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पत्नी देउवाले उनलाई राखी बाँधिदिएकी थिइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पुसभित्रै भारत भ्रमणमा जाने तयारी भइरहेका बेला त्यसअघि नै उनकी पत्नी दिल्ली पुगेर त्यहाँको सत्तारुढ दलका विदेश विभाग प्रमुखसँग भेट वार्ता गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय