पुस १४,
– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहज रूपमा सामान आयात–निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गर्नुभएको छ ।
चीनतर्फका तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात–निर्यातमा कठिनाइ भएको व्यवसायीको गुनासो सम्बोधन गर्दै मन्त्री रेग्मीले आयात निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह गर्नुभएको हो ।
चाइना फाउन्डेशन फर पोभर्टी एलिभेशन नेपालको छैटौँ वार्षिक उत्सव कार्यक्रममा बुधवार बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
मन्त्री रेग्मीले चीनले भूकम्प, कोभिड जस्ता महामारीमा सहयोग गरेकोमा प्रशंसा गर्दै भन्नुभयो, ‘दुःख प¥यो भने हेर्ने छिमेकीले हो । नाकाबन्दीको बेला नेपालले चीनबाट सहयोग पाएको छ ।’
छिमेकी देशहरूबीच सहयोगको अपेक्षा हुने मन्त्री रेग्मीले बताउनुभयो । उहाँले यसैक्रममा सीमा नाकाबाट सहज रूपमा सामान भित्रिन पाउनुपर्छ भन्नुभएको हो ।



गरिबी निवारणसम्बन्धी नेपालमा रहेको चाइनिज फाउन्डेशनले गरेको कार्यक्रममा मन्त्री रेग्मीले फाउन्डेशनलाई परेको समस्या समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
२०७२ सालको भुकम्प देखी सिन्धुपाल्चोक को खासा नाका र रसुवागढी को नाका ठप्प रहेको छ । नेपाली व्यवसायीका अरबौ का सामान चिन तर्फ नै रहेको व्यवसायी हरु बताउछन । चिन ले अधोषित रुपमा नाकाबन्दी गरेको व्यवसायीहरु ले बताउने गरेका छन । नाका खोल्ने तर्फ नेपाल सरकारले कुनै पहल नगरेको व्यवसायी को गुनासो रहेको छ ।
चिन ले समय समय मा केही दिन का लागी नाका खोल्ने गरे पनि त्यस लाई निरन्तरता दिएको छैन । 



