पुस ६
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले नेपालको खेत बाझो राखेर भारतलाई पानी दिन नसकिने बताउनुभयो ।
‘यता नेपाल तर्फ बाझो जमिन छ उता भारत तर्फ खेती भइरहेको छ यो कदापी हुदैन’ ओलिले भन्नुभयो “कपिलवस्तुमा कृषि सिचाइको लागि अब नौमुरे योजना छिट्टै सुरु हुन्छ, ।” अध्यक्ष ओलीले एमालेसँग मात्र देश बनाउने नीति भएको बताउनु भयो ।



नेकपा एमालेले बेशहारा, अभिभावक विहिनको पार्टि नेकपा एमाले भएको उहाको भनाइ रहेको छ । एमालेले बेशहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको बताउनुभयो । कपिलवस्तुलाई औद्योगिक शहर बनाउने योजनाका साथ अघि बढ्ने बताउनु भयो ।
अध्यक्ष ओलीले आफ्नो कार्यकालमा भारतसगँ सुमधुर सम्बन्ध स्थापित गरेको बताउनुभयो ।
जेष्ठनागरिकलाई स्वास्थ्यका लागि एमाले सरकारले औषधी उपचारको ब्यवस्था गरेको बताउनु भयो । सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिने बताउनु भयो ।
आफू प्रधानमन्त्री हुदा कपिलवस्तुको तौलिहवा जस्तो शहरलाई ५० लाख रकम बिनियोजन तथा सडक पुर्वाधारको लागि रकम बिनियोजन गरेको बताउनु भयो । जनता अवास कार्यलाई निरंतरता दिई फुसको छानो मुक्त गाउँ विकास स्थानीय तह एवम् पालिकालाई अनुरोध गर्नु भयो ।
कपिलवस्तुको बहादुरगंजमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कपिलवस्तु जिल्लाले अब विकास चाहेको उहाले बताउनु भयो ।
एमालेमा प्रवेश गर्नु भएका नेता मंगल प्रसाद गुप्तालाई स्वागत गर्नु भयो । नेकपा एमाले गरिव दुखिको पार्टी भएकोले एमालेमा प्रवेश गर्नेको जनलहर बढेको अध्यक्ष ओलीले बताउनु भयो । ओलीले भने म ७० बर्षको भए १८ घन्टा काम गर्छु । तपाईहरु पनि काम गर्नुअ अनि मात्र पार्टी अघि बढ्छ ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेल हामी जनताबाट डराएका छैनौ । उहाले भन्नू भयो “हामी चुनाव चहान्छौ” देउवा सरकार चुनावबाट डराएको छ ।
लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका पोख्रेलले केपी ओली सरकार भएको समय विकासको लहर चलेको बताउनु भयो ।
कपिलवस्तुको बहादुरगंज नेकपा एमालेको आमसभालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले अब कपिलवस्तुमा विकासको लहर चल्ने बताउनु भयो ।
कपिलवस्तु–जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एमालेमा प्रवेश गर्नु भएको छ । आफ्नो क्षेत्रको विकासको लागि एमालेमा प्रवेश गरेको मगंल प्रसाद गुप्ताले बताउनु भयो ।
नेकपा एमाले जिल्ला कार्य समिती कपिलवस्तुको आयोजना बहादुरगंजमा भएको आमसभा कार्यक्रममा एमाले प्रवेश गरेपछि अब क्षेत्रलाई एमालेमय बनाउने बताउनु भयो ।
बहादुरगंजको आमसभालाई सम्बोधन गर्दै यो क्षेत्रको विकास गति आफू एमालेमा प्रबेश गरेको गुप्ताले बताउनु भयो । मंगल प्रसाद गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नु भएको हो ।



