कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले अध्यागमन विभागले गरेको निर्णयमाथि हस्तक्षेप गरेको छ । सीसीएमसीको क्षेत्राधिकार रहेको विषयमा अध्यागमन विभागले गरेको निर्णय तत्काल रोकिएको छ । शुक्रबार विभागले एक विज्ञप्ति जारी गर्दै कोभिड ओमिक्रोनको खतरा रहेका ६७ देशबाट यात्रा गर्नेलाई आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिनमा र अर्को ७ दिन होम क्वारेन्टिनमा बस्न आदेश दिएको थियो । स्वास्थ्य मन्त्रालयबाट पाएको विवरणका आधारमा विभागले निकालेको देशहरूको सूचीबारे विदेशमा रहेका नेपालीहरूले असन्तुष्टि जनाएका थिए । अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले सीसीएमसीको तर्फबाट सूचीमा राखेका देशहरूको बारेमा थप छलफल गर्नुपर्ने बताएका कारण सो आदेश तत्कालका लागि रोकिएको बताए ।
विभागमा महानिर्देशक भट्टराईले भने–‘मन्त्रिपरिषदको निर्णयमा हरेक १५ दिनमा ओमिक्रोमको सङ्क्रमणको जोखिमलाई विश्लेषण गर्ने, सोही आधारमा स्वास्थ्य मन्त्रालयले अध्यागमन विभागलाई ‘ट्राभल एडभाइजरी’ जारी गर्नलाई विवरण पठाउने भन्ने थियो । सोही अनुसार हामीलाई ६७ देशहरूको लिष्ट स्वास्थ्य मन्त्रालयबाट आयो । त्यो लिष्टका आधारमा हामीले सूचना जारी गरेका हौँ । यो बारेमा सर्वसाधारणको प्रतिक्रिया आएपछि सीसीएमसीको ध्यानाकर्षण भयो । यसबारेमा स्वास्थ्य मन्त्रालयसँगै बसेर यो कति जरुरी हो भन्ने विषयमा छलफल गर्छौँ त्यतिन्जेलका लागि रोकिदिनुस भन्ने कुरा सीसीएमसीबाट आइसकेपछि हामीले रोकेका हौँ ।’



उनले अध्यागमन विभाग आफैले यसबारे निर्णय नगरेको बताए । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालय र अध्यागमन विभागलाई दिएको जिम्मेवारीका आधारमा स्वास्थ्य मन्त्रालयले निकालेको सूचनाका आधारमा विज्ञप्ति निकालेको बताए । सीसीएमसीले त्यसबारे थप छलफल गर्न आवश्यक देखियो भनेपछि केही दिनका लागि रोकिएको भट्टराईले बताए ।
सोमबार सीसीएमसीले यसबारे बैठक बस्ने र त्यसपछि मात्रै कुन कुन देशबाट आउने यात्रीमाथि कस्तो खालको मापदण्ड अपनाउने भन्ने बारेमा निर्णय गरिने भएको छ ।
भट्टराईले भने–‘सोमबार बस्ने सीसीएमसीको बैठकले यसलाई सदर गर्ने वा परिमार्जन गर्ने हुनसक्छ । हामी सीसीएमसीको सदस्य पनि हैनौं, उहाँहरुले निकालेको निष्कर्ष अनुसार हामीले सूचना जारी गरिदिने हो ।’
विभागले अफ्रिकी देशहरूमा फेला परेको कोभिड १९ ओमिक्रोनको नयाँ भेरियन्ट बिस्तारै युरोपेली र एसियाली देशहरूमा फैलिँदै गरेको र मन्त्रिपरिषद्को निर्णय अनुसार जोखिमयुक्त देशहरूबाट यात्रा गर्नेहरूमाथि ७ दिन होटल क्वारेन्टिन र ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने आदेशको सूचना जारी गरेको थि



