महाराजगञ्जको प्रहरी वृत्त पुनर्निर्माणमा पाकिस्तानी दूतावासको सहयोग

२०८२ मंसिर २३, सोमबार
पढ्ने समय : < 1 मिनेट

मसिर २२
प्रहरी वृत्त महराजगञ्जको पुनर्निर्माणमा नेपालस्थित पाकिस्तानी दूतावासले सहयोग गरेको छ ।
कार्यालयको एउटा भागको पुनर्निर्माण र सुसज्जित कार्यालय कक्ष निर्माण गरेर दूतावासले प्रहरीलाई हस्तान्तरण गरेको हो । आइतबार नेपाल स्थित पाकिस्तान दूतावासले पुनर्निर्माण गरिएको कार्यालय हस्तान्तरण गरेको छ ।रक्षा अताशे कर्नल हाजिर उर रहमान र दूतावासका चान्सरी प्रमुख जागिर खानले जेनजी प्रदर्शनमा आगजनी गरिएको कार्यालय कक्षा पुनर्निर्माण गरेर प्रहरी वृत्त महाराजगञ्जका डीएसपी निरञ्जन थापालाई हस्तान्तरण गरे ।महाराजगञ्ज आसपासको समुदायलाई सुरक्षित राख्न आफ्नो जीवन समर्पण गर्ने प्रहरीप्रति सम्मान व्यक्त गर्ने प्रयास स्वरूप पुनर्निर्माणमा सहयोग गरिएको नेपालस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।दूतावासले पुनर्निर्माणसँगै प्रहरीको कार्यालय सञ्चालनमा आवश्यक फर्निचर पनि सहयोग गरेको छ । सो सहयोगबाट कार्यालय सञ्चालनमा सहजता हुने विश्वास व्यक्त गरिएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय