बाहिनीपतिको नेतृत्वमा पहिलोपटक दोलखामा रहेको नेपाल–चीन सीमास्तम्भ अवलोकन

२०८२ कार्तिक २५, सोमबार
पढ्ने समय : < 1 मिनेट

कात्तिक २४
सशस्त्र प्रहरी बल नेपालको बाहिनीपतिको नेतृत्वमा पहिलोपटक नेपाल र चिनको सिमा सुरक्षामा राखिएको दोलखाको विगुमा रहेको सीमास्तम्भको अवलोकन र निरीक्षण भएको छ ।बागमती प्रदेश प्रमुख सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अन्जनी कुमार पोखरेलको नेतृत्वमा उच्चस्तरीय टोलीले गत शनिवार दोलखाको विगु गाउँपालिका–१ मा रहेको पिल्लर नम्बर ५५ र ५६ को अवलोकन गरेको हो ।५७ नंको पिलर अलि हाईटमा भएको र हिउका कारण त्यस पिलरमा पुग्न नसकिएकोले त्यो पिलरका बारेमा जानकारी लिइएको थियो ।
सीमास्तम्भको निरीक्षणमा पुगेका डीआईजी पोखरेलले नेपाल–चिन सीमा सुरक्षा सुदृढीकरणमा नयाँ पहल भएको बताए । पिलर सुरक्षाको हिसाबमा बाहिनीपतिको नेतृत्वमा पहिलोपटक सिमा स्तम्भ निरीक्षणको लागि त्यस स्थानमा पुगेको बताए ।
‘लाप्ची लगायतका स्थानमा ‘फरवार्ड अपरेटिङ बेस’ स्थापनाको सम्भाव्यता तथा सिमा स्तम्भको सुरक्षाको निरीक्षणमा पुग्यौं । दोलखाको लामाबगरबाट ७–८ घण्टा हिँडेर ५५ र ५६ नंको पिलर अवलोकन गर्यौं,’ डीआईजी पोखरेलले भने ।
सीमाक्षेत्र सुरक्षाको अवस्था बुझ्न डीआईजी पोखरेल सहित विगु गाउँपालिका अध्यक्ष सन्जिव ओली, सशस्त्र प्रहरी बल दोलखाका प्रमुख डीएसपी सन्जय अधिकारी, दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेती, समाजसेवी कर्मा शेर्पा ,डिलाइट सेक्युरिटीका संचालक अर्जुन बुढाथोकीलगायत सहभागी भएका थिए ।भ्रमण टोलीले सीमाक्षेत्रमा सुरक्षासम्बन्धी चासो र अवस्थाबारे जानकारी लिँदै आवश्यक समन्वय र सुरक्षालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको थियो ।
स्थानीय प्रतिनिधिहरूका अनुसार, सीमास्तम्भ क्षेत्रको भौगोलिक अवस्था र सुरक्षाको व्यवस्थापनबारे टोलीले प्रत्यक्ष अवलोकन गरी आवश्यक सुझावसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय