जलेर खरानी भएका संरचना बनाउन चीनको सहयोग

२०८२ आश्विन ८, बुधबार
पढ्ने समय : < 1 मिनेट

 

असोज ८
अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा राजदूत सोङले मन्त्री खनाललाई बधाई तथा शुभकामना दिएका छन।
सो क्रममा राजदूत सोङले दुई देशको ऐतिहासिक सम्बन्धलाई कायम राख्दै जेन जी ध्वंसमा खरानी भएका सार्वजनिक भौतिक संरचना पुनःनिर्माणको लागि सहयोगको प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय