कारागारबाट भागेका ७ जना कैदीबन्दी रुपन्देहीबाट पक्राउ

२०८२ भाद्र २७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा भदौ २७
रूपन्देही प्रहरीले नेपालमा जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका ७ जना कैदी बन्दीहरूलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, प्रदर्शनकारीले कारागारहरूमा तोडफोड र आगजनी गरेपछि भागेका कैदी बन्दीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चितवन, नवलपरासी र केन्द्रीय कारागारबाट भागेका कैदीहरू छन्। चितवन कारागारबाट भागेका भारतको हरियाणाका सवारी अङ्गभङ्ग मुद्दाका कैदी २४ वर्षीय अब्बास खान , भारतको उत्तर प्रदेशका लागु औषध मुद्दाका कैदी ४८ वर्षीय अनिल गिरी , भारतको उत्तर प्रदेशका लागु औषध मुद्दाका कैदी ४१ वर्षीय राजपाल सिंह र भारतको उत्तर प्रदेशका सवारी ज्यान मुद्दाका कैदी ३८ वर्षीय मोनु कश्यपलाई भारतीय एसएसबीले भारत पस्ने क्रममा पक्राउ गरेको थियो ।
नवलपरासी कारागारबाट भागेकी रुपन्देहीको सैनामैना नगरपालिकाकी बहुविवाह मुद्दाकी कैदी ५२ वर्षीया करिश्मा राना , र केन्द्रीय कारागार काठमाडौँबाट भागेका तान्जानियाका कोकिन मुद्दाका कैदी ५३ वर्षीय रामधनी सिम्बा र कोकिन मुद्दाका कैदी ४७ वर्षीय त्वालिब किपेभु पाशुआ पनि पक्राउ परेका छन् ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। आन्दोलनको क्रममा कारागारबाट फरार भएका कैदीहरू नेपाल र भारतको सीमा हुँदै भारतमा भाग्न सक्ने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमामा कडा निगरानी गरिरहेको छ। भारतीय पक्षलाई पनि यस विषयमा सहयोगको लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय