
वैशाख १२
भारतको जम्मु काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलाको बारेमा भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेर संमवेदना प्रकट गरेका छन् ।
सो क्रममा मन्त्री जयशंकरले आतङ्ककारी घटनामा एक जना नेपालीको मृत्यु भएकोमा संमवेदना प्रकट गरेका छन् ।
आतङ्कवादी हमलाको क्रममा नेपाली नागरिक सुदीप न्यौपानेको हत्या भएको थियो । त्यसमा मन्त्री जयशंकरले दुख व्यक्त गर्दै न्यौपानेका परिवार तथा नेपालीप्रति संवेदना प्रकट गरेका छन् ।
उनीहरूको बिचमा नेपाल–भारतको बिच रहेका समग्र सम्बन्धको बारेमा समीक्षा पनि गरेको भारतस्थित नेपाली दुतावासले जनाएको छ । साथै दुई पक्षीय सम्बन्धका विकासको बारेमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
वैशाख ९ गते भएको आतकंकारी हमलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर संमवेदना प्रकट गरेका थिए ।


