पवनकुमार सेठिया स्मृति क्रिकेटः टी–२० सिरिज पनि रूपन्देहीको पोल्टामा

२०८२ माघ १, बुधबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा पुस ३०

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत टी–ट्वान्टी सिरिज पनि रुपन्देही–११ ले आफ्नो पोल्टामा पारेको छ । बुधबार सिरिजको दोस्रो खेलमा रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ६ विकेटले पारजित गर्दै सिरिज पक्का गरेको हो । मंगलबार पहिलो खेलमा रुपन्देही २६ रनले विजयी भएको थियो । यसअघि रुपन्देहीले आर्मीविरुद्ध दुई दिवसीय टेष्ट र एकदिवसीय सिरिज क्लिनस्वीप गरिसकेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको १ सय १८ रनको लक्ष्य रुपन्देहीले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा आकाश त्रिपाठीले अविजित ३९, सन्दीप मौर्यले २४, आरिफ खानले १८, सन्दीप रजालीले १५ र विजय प्रजापतिले नटआउट १२ रनको योगदान गरे । बलिङमा आर्मीका जितेन्द्रसिंह ठकुरी र प्रेम गुरुङले २–२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले सबै विकेट गुमाएर १ सय १८ रनको मध्यम योगफल खडा गरेको थियो । उसका लागि निर्मल शाहीले ४०, लक्ष्मण परियारले २१, प्रदीप पेलाले २० र जितेन्द्रसिंह ठकुरीले १० रन बनाए । बलिङमा रुपन्देहीका विष्णु कटरिया, आकाश त्रिपाठी र इकलाख अहमद वारिसले समान २–२ विकेट लिए । आकाश त्रिपाठी प्लेयर अफ द म्याच भई दुई हजार रुपैयाँ प्राप्त गरे । सिरिजको अन्तिम खेल बिहीबार हुने प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।
नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिस्र्धा भइरहेको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिष सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुबै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय