पवनकुमार सेठिया स्मृति क्रिकेटः आर्मी ‘ए’लाई रूपन्देहीले ८७ रनले हरायो

२०८२ पुष २३, बुधबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा पुस २३
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत एकदिवसीय खेलमा रुपन्देही–११ विजयी भएको छ । रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ८७ रनले पराजित गर्दै तीन खेलको सिरिजमा अग्रता कायम गरेको हो ।भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४८ रन बनायो । रुपन्देहीका लागि कृष्ण कार्कीले अविजित ९२ रनको अर्धशतकीय पारी खेले । यस्तै, आकाश त्रिपाठीले ४०, सुरज खड्काले ३८ र तुलबहादुर थापाले २० रन जोडे । बलिङमा आर्मीका घनश्याम पाण्डे र पवन र्काीले २–२ तथा आशिष धामी, प्रेम गुरुङ र जितेन्द्रसिंह ठकुरीले समान १–१ विकेट लिए ।२ सय ४९ रनको लक्ष्य पछ्याएको आर्मी ४२ ओभर २ बलमा अलआउट हुँदै १ सय ६१ रनमा समेटियो । उसका लागि जितेन्द्रसिंह ठकुरीले ६६, निर्मल साहनीले २५ र प्रेम गुरुङले १६ रन बनाए । बलिङमा रुपन्देहीका सुरज खड्काले ४, रमेश कुर्मीले २ तथा देव खनाल, आकाश त्रिपाठी र सुमन पाण्डेले १–१ विकेट हात पारे । रुपन्देहीका कृष्ण कार्की प्लेयर अफ द म्याच भई दुई हजार रुपैयाँ हात पारे। नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिस्र्धा भइरहेको हो । दुई दिवसीय टेष्ट सकिएसँगै बुधबारबाट एकदिवसीय सिरिज सुरु भएको हो । टेष्ट रुपन्देहीले जितिसकेको छ । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिष सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् ।
प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुबै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ । एकदिवसीय सिरिज गसएिपछि टी–२० सिरिज हुने प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय