कात्तिक २
छिमेकी भारत सरकारको साढे ५ करोड बढी लगानीमा हुम्लामा दुईवटा विद्यालय भवन बनेका छन्।



भारतका राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले हुम्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका छन्।
’नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ५ करोड ५२ लाख ३ हजार अनुदान सहयोगमा सर्केगाड गाउँपालिका स्थित सरस्वती माध्यामिक विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयको ल्याब र पुस्तकालय भवनको उद्घाटन गरिएको हो।
ती विद्यालय भवन विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थितिमा हस्तान्तरण गरिएको छ।






