भारतमा फोर जी भन्दा १० गुणा छिटो फाइभजी चाँडै आउने

२०७९ असार ३, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

असार ३
एजेन्सी
भारतमा चाँडै नै फाइभ जी इन्टरनेट सेवा आउने भएको छ । भारतको क्याबिनेटले फाइभ जी सम्बन्धी प्रस्ताव अनुमोदन गर्ने भएको समाचार एजेन्सी एएनआईले लेखेको छ ।
फोर जी भन्दा फाइभ जी १० गुणा छिटो इन्टरनेट हो । फाइभ जी सेवाका लागि टेन्डर नै आव्हान गर्ने तयारी भइसकेको छ । आइटीमन्त्री अश्विनी वैशनवले फाइभजी स्पेकट्रम लाई इन्डियन टेलिकमको नयाँ युग भनेका छन् ।
वैष्णवले ट्वीट गर्दै भारतको फोर जी प्रणालीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको डिजिटल इन्डियाको भिजन अगाडि बढाउने कदम भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय