भारतले नेपालका स्कुलमा दियो थप ८१ वटा बस

२०८२ कार्तिक ६, बुधबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक ५
भारत सरकारले विभिन्न ४८ जिल्लाका विद्यालयहरुलाई ८१ वटा विद्यालय बस प्रदान गरेको छ। काठमाडौंस्थित भारतीय दूतावासले यी बस भारत र नेपालको लामो समयदेखि चलिरहेको विकास साझेदारी र मित्रताका सन्दर्भमा प्रदान गरिएको जनाएको छ। दूतावासका अनुसार सिन्धुपाल्चोक, झापा, उदयपुर जस्ता हालैको बाढी प्रभावित जिल्लाहरूका साथै हुम्ला, मुस्ताङ, सङ्खुवासभा, दार्चुला, बैतडी र अछाम जस्ता दुर्गम जिल्लाका विद्यालयलाई बस प्रदान गरिएको छ। नेपालका सातै प्रदेशमा वितरण गरिएका बसमध्ये पछिल्लो तीन दशकमा भारतले नेपालका विद्यालयहरूलाई कुल ३८१ विद्यालय बस प्रदान गरिसकेको छ । यसले नेपालको शैक्षिक विकासमा टेवा पुगेको भारतीय पक्षको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय