भ्रष्टाचारको आरोपमा भागेका चाइनिजहरुका नाममा अख्तियारको पुर्जी

२०८२ आश्विन ३०, बिहीबार
पढ्ने समय : < 1 मिनेट

असोज ३०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा आधा दर्जन चिनियाँ नागरिकलाई आफूसँग रहेका कागजात,प्रमाणसहित ३० दिनभित्र उपस्थित हुन सूचना जारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा राजश्व संकलनका क्रममा भ्रष्टाचार गरेको सम्बन्धमा अनुसन्धानका लागि उनीहरुविरुद्ध आज ३० दिने सूचना प्रकाशित गरिएको छ ।
६ जना चिनियाँ नागरिकलाई राहदानी,हालसालै खिचेको एक थान फोटोसहित टंगालस्थित आयोग मुख्यालयको कोठा नम्बर १८, डिभिजन नम्बर १२ मा सम्पर्क राख्न भनिएको छ । त्यसरी सूचना जारी गरिएका चिनियाँहरुमा चीनको क्वाङतोङ प्रान्तका चार जना छन् भने एक जना सिचुआनको चोङछिङ शहरका र अर्का एक जनाको प्रान्त तथा शहर खुलेको छैन ।


क्वाङतोङ् प्रान्तका चार जनामा राहदानी नम्बर इजे ६३५००३० का लि हानसोङ, इ६७६१९४५० का असिन भनिने योङसिन पेङ, राहदानी नम्बर इजे६६३२६९८ का लिङफङ पेङ र इजे ५०५३३९६ का चोङ चिङचुआन हुन् । त्यस्तै सिचुआन, चोङछिङका इडी ७९९१३४३ का वाङ्ग दाओजिङ वाङको नाममा पनि ३० दिने सूचना जारी भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय