चार करोड ९९ लाख लागतमा भारतीय दूतावासको सहयोगमा विद्यालय भवन बनाइने

२०८१ माघ २४, बिहीबार
पढ्ने समय : < 1 मिनेट

माघ २४
कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ ।

भवन बनाउन दूतावासले रु चार करोड ९९ लाख ९८ हजार ६४० प्रदान गर्ने वेदकोट नगरप्रमुख भोजराज बोहराले बताए ।

“दूतावासमा उदयदेव र शारदा माध्यमिक विद्यालय भवन निर्माणका लागि प्रस्ताव पेस गरेका थियौँ”, उनले भने, “उदयदेवको भवन निर्माणका लागि प्रस्ताव स्वीकृत भएको छ ।” विद्यालय भवन निर्माणको दश प्रतिशत लागत पालिकाले बेहोर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय