पञ्चकन्या स्टिललाई ग्रिनप्रो प्रमाणपत्र प्राप्त

२०८१ असार ८, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा असार ७
पञ्चकन्या स्टिल प्रालिले ‘ग्रिनप्रो’ प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीको ५०० एक्सडी र ५५० एक्सडी रिबार (फलामे छड)ले प्रतिष्ठित ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको हो । यो कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रमा प्रतिबद्धताको एक महत्वपूर्ण उपलब्धि रहेको कम्पनीको भनाइ छ ।

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआई) सोराभजी गोदरेज ग्रिन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रिनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्ड पूरा गर्ने उत्पादनलाई मान्यता दिन्छ । यो प्रमाणपत्र प्राप्तिपश्चात् पञ्चकन्या स्टिलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामाग्री उत्पादन गर्ने प्रतिबद्धतालाई थप उजागर गर्ने कम्पनीले जनाएको छ ।

ग्रिनप्रो प्रमाणपत्रले उत्पादनलाई प्रतिस्पर्धीबाट फरक पार्ने, नवप्रवर्तनलाई प्रोत्साहित गर्ने र स्रोत संरक्षण बढाउनुका साथै वातावरणीय उत्कृष्टता कायम गर्ने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय