माघ २७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन तथा शान्ति–सुरक्षामा विशेष योगदान पु¥याएको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई विशेष सम्मानस्वरूप पुरस्कार प्रदान गरेको छ ।
सोमबार आयोजित विशेष कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आईजीपी कार्कीलाई सम्मान प्रदान गरेका हुन।् कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र निष्ठालाई संस्थागत गर्न प्रहरी संगठनले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो ।
सम्मान ग्रहणपछि आईजीपी कार्कीले उक्त पुरस्कारलाई सम्पूर्ण नेपाल प्रहरीको सामूहिक प्रयासको सम्मानका रूपमा लिएको बताए । उनले यसले नेपाल प्रहरीप्रति जनताको विश्वास अझ सुदृढ बनाउँदै निष्ठा, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कार्यान्वयनमा थप प्रतिबद्ध भएर अघि बढ्न प्रेरणा प्रदान गरेको उल्लेख गरे ।
उनले प्रहरी संगठनलाई अझ व्यावसायिक, अनुशासित र उत्तरदायी बनाउँदै सुशासन कायम गर्न अख्तियारसँग सहकार्य गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।कार्यक्रममा अख्तियारका पदाधिकारीहरू, सुरक्षा निकायका उच्च अधिकारी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।






