रुपन्देही बाट सुरु भएको ईड्राइभ नेपालको सेवा नेपालगन्जमा पनि बिस्तार

२०८२ माघ २५, शनिबार
पढ्ने समय : < 1 मिनेट

 

भैरहवा माघ २४
लुम्बिनी प्रदेशको पहिलो अनलाइन ट्याक्सी तथा बाईक सेवा ईड्राइभ नेपालले नेपालगन्जबाट पनि सेवा सुरु गरेको छ । शनिबार नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रसान्त बिष्टले रिबन काटेर सेवा सुरुवात गरेका हुन । १८ महिना अगाडी बुटवल भैरहवाबाट सुरु गरिएको ईड्राइभ नेपालगन्ज सहरमा पनि सुरु गरिएको हो।
१सय१० वटा ट्याक्सी तथा ५०० बढी मोटरसाईकल राईडरसहित रुपन्देहीमा संचालनमा रहेको यो सेवा नेपालगन्जमा १५ वटा ईभि ट्याक्सी मार्फत सेवा प्रारम्भ गरिएको हो। सेवा शुभारम्भ कर्यक्रममा बोल्दै ईड्राइभ नेपालका निर्देशक बासु भण्डारीले हरेक सेवा समय अनुसार डिजिटल हुँदै गएको अवस्थामा यात्राका लागि नयाँ प्रविधिलाई बिस्तार गरिएको बताएका छन । ट्याक्सी सेवामा पनि प्रबिधीलाई जोडेर अनलाईन मार्फत सर्बसुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्जका यात्रुका लागि सेवा बिस्तार गरिएको उल्लेख गरे ।


कार्यक्रममा बोल्दै ईड्राइभ नेपालका अध्यक्ष राजकुमार गुप्ताले युवालाई स्वदेशमै स्वरोजगार बन्न र बनाउने उद्देश्यले १८ महिना आगाडि रुपन्देहीबाट सेवा प्रारम्भ गरेको बताए । उनले यो सेवा देशै भरि लैजाने योजना सुनाए । हाल ७ करोड बढी लगानीमा सेवा सञ्चालन गरिरहेको ईड्राइभले प्रविधिको प्रयोग र युवाहरुलाई स्वरोजगारमा जोड्नका लागि प्राथमिकता दिने गरेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय