शाख गुु्रपले हङकङको बोअर गु्रपसँग २ अर्ब लगानीमा कपिलवस्तुमा सुविधा सम्पन्न होटल बनाउने

२०८१ बैशाख १७, सोमबार
पढ्ने समय : < 1 मिनेट

बैशाख १७
शाखः गु्रप र हङकङको बोअर गु्रपबीच कपिलवस्तुमा वेलनेस होटल परियोजना सञ्चालन गर्ने सम्झौता भएको छ ।
काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा दुई पक्षबीच १० करोड चिनियाँ युआन (करिब २ अर्ब नेपाली रुपैयाँ) बराबरको लगानी सम्झौता भएको हो।

शाखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर गु्रप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी सम्झौता रकम जग्गाबाहेकको हो । होटल कपिलवस्तुको गोरूसिंगेमा स्थापना हुनेछ ।

अर्थमन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्याकारी अधिकृत सुशील भट्टको उपस्थितमा सम्झौता आदान प्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय