भारत सरकार ले हस्तक्षेप गरेर घटायो बिजुलीको मूल्य, नेपाललाई पनि फाइदा

२०७८ चैत्र १९, शनिबार
पढ्ने समय : < 1 मिनेट

चैत १९,
बिजुलीको मूल्य निरन्तर उकालो लाग्दै दिनदिनै नयाँ कीर्तिमान बनाएपछि भारत सरकारले मूल्यमा हस्तक्षेप गरेको छ । भारतीय सरकारले रुस–युक्रेन युद्धबाट उत्पन्न ऊर्जा संकटलाई सम्बोधन गर्नेगरी बिजुलीको मूल्यमा हस्तक्षेप गरेको हो ।
रुस र युक्रेनबीच युद्ध सुरू भएपछि भारतमा बिजुलीको मूल्य प्रति युनिट २० भारतीय रूपैया सम्म पुगेको छ । यससँगै भारतको केन्द्रीय विद्युत नियमन आयोगले मूल्य तोकेरै हस्तक्षेप गरेको हो । यस सँगै भारतमा बिजुलीको अधिकतम मूल्य १२ भारतीय रूपैया रहेको छ ।
आयोग ले कायम गरेको बिजुलीको मूल्य भारतमा आउँदो सोमबार देखि लागू हुनेछ । र, सोही अनुसार नेपाल विद्युत प्राधिकरणले पनि बिजुली १२ भारतीय रूपैया मै किन्न पाउनेछ । रुस र युक्रेनबीचको युद्धका कारणले भारतमा बिजुलीको माग २५ प्रतिशत सम्मले बढेको छ ।

विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि भारतमा बिजुलीको माग बढेको हो । यस सँगै मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय