चैत १९,
– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोलु करिडोरको प्रसारण लाइनको उद्घाटन गर्नुभएको छ ।
नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा शनिवार आयोजित समारोहमा उहाँहरूले एक सय ३२ केभी प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो । सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिलासम्मको प्रसारण लाइन ९० किलोमिटर लामो रहेको छ । करिडोरमा तीन सय दुई वटा टावर रहेका छन् ।



सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रिडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भएको हो । सोलु करिडोर नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बै्कको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । 



