नेपालमा चामल निर्यात रोकिएको छैन ः भारतीय राजदूत

२०८० श्रावण १८, बिहीबार
पढ्ने समय : < 1 मिनेट

 

 

साउन १८,
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो मुलुकले चामल निर्यात अरु मुलुकमा रोकेपनि उक्त निर्णय नेपालको हकमा लागू नभएको बताउनुभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालसँग भेटमा राजदूत श्रीवास्तवले उक्त जानकारी गराउनुभएको हो ।

आज दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भुसालले भारतले चामल निर्यातमा रोक लगाएको बारेमा चासो व्यक्त गर्नुभएको थियो । मन्त्रीको चासोको जवाफ दिँदै राजदूतले विदेशमा चामल निर्यात गर्ने निर्णय नेपालको हकमा लागु नहुने उल्लेख गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘यसअघि पनि भारतले गहुँ निर्यातमा रोक लगाएको थियो तर नेपालको हकमा लागु भएन । अहिले चामलको हकमा पनि त्यही हो ।’

भारतले विदेशमा चामल निर्यातमा रोक लगाउने निर्णय गरेपछि नेपालमा व्यापारीहरुले ३० किलो चामलको बोरामा पाँच सय रुपैयाँसम्म मूल्य बढाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय