भारतबाट पहिलो पटक कोइला बोकेको रेल वीरगञ्ज आइपुग्यो

२०८० असार १७, आईतवार
पढ्ने समय : < 1 मिनेट

असार १७

पहिलो पटक कोइला बोकेर कोर्गो रेल नेपाल प्रवेश गरेको छ । ३६ लाख किलो कोइला बोकेको इण्डियन रेलवे को रेल शनिबार राति १० बजे वीरगञ्ज सुख्खा बन्दरगाहस्थित यार्डमा आइपुगेको हो ।

लतिका कमोडिटी सप्लाइज प्रालिले भारतबाट खरिद गरेको कोइला नेपाल आइपुगेको हो । नेपाली भन्सारको यार्डमै कोइला आइपुगेपछि अब नेपाली व्यवसायी कोइला चोरी हुने समस्याबाट मुक्त भएका छन् भने कोइलाको क्षतिमा असुल नहुने बीमाको जोखिम समेत टर्नेछ ।

शुक्रबार बिहान भारतको पश्चिम बंगालस्थित रानीगञ्जबाट हिंडेको कार्गो रेल शनिबार राति सुख्खा बन्दरगाह छिरेको थियो ।
यस अघि रक्सौलसम्म मात्रै आइपुग्ने डस्की कार्गो रेल नेपाल छिर्दा व्यवसायीहरुले ठूलो राहत महसुस गरेको कोइला आयातकर्ता व्यवसायी फुलकुमार लालवानीले बताए ।

‘रक्सौलमा कोइला झार्दा चोरी र असुरक्षा थियो, अब आफ्नै भन्सार यार्डमा कोइला झ¥यो,’ उनले भने, ‘अब कोइलाको बीमा पनि सुनिश्चित भयो भने लागत पनि कम भयो ।’

रक्सौलसम्म आउने रेललाई पूर्वाधार बनाएर आफ्नै पोर्टसम्म ल्याउन एक वर्षदेखि थालेको पहल पूरा भएको सुख्खा बन्दरगाह पूर्वाधार निर्माणकर्ता इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

लामो प्रयासपछि गत असोजमा सम्पन्न भएको पूर्वाधारले पहिलो पटक कार्गो रेल नेपाल छिर्ने अवस्था बनेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

‘नेपालको पोर्टले आयात निर्यातको सबै काम गर्न सक्षम हुनुपर्छ भनेर हामीले गरेको पहल सफल भएको छ,’ उनले भने, ‘यसका लागि हामीले नेपाली बन्दरगाहमा पूर्वाधार बनाउनुका साथै रेलको लिग संरचना नै बदलेका थियौं ।’

वीरगञ्ज आएको रेलले डस्टी कार्गो आयात गर्दा भारतीय भूमीमा पल्टी गर्ने बाध्यता हटेको र व्यवसायीको लागतमा पनि ठूलो राहत मिल्ने विश्वास समितिको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय