पुस १८
भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालयहरु ६ दिनका लागि बन्द हुने भएका छन् ।
गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकुल भइ जाडो बढेकाले वर्षे विदाबाट कट्टी हुने गरी ६ दिन विद्यालयहरु बन्द रहने जनाएको छ ।



जाडो बढेकाले बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द रहने गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।






