नारी सहकारीको २२ औ साधारण सभा सम्पन्न

२०७९ कार्तिक २०, आईतवार
पढ्ने समय : < 1 मिनेट

बुटवल, कात्र्तिक २०
नारी बहुउद्धेश्यीय सहकारी संस्था लि, बुटवलको २२ औं साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । सधारण सभाले सहकारीका अध्यक्ष गंगा गुरुङको बार्षिक प्रतिवेदन,लेखा समितिका संयोजक रिजन श्रेष्ठको लेखा प्रतिवेदन र कोषाध्यक्ष बालकुमारी भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरेको छ ।
साधारण सभाको उदघाटन गर्दै कार्यक्रमका प्रमुख’ अतिथि बुटवल उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सहकारीको लगानी उत्पादन संग जोडेर शेयर सदस्यहरुको आर्थिक र सामाजिक विकासमा महत्वपुर्ण भुमिका खेल्नु’ पर्नेमा जोड दिए । नारीले बिगतमा महिलाहरुको आर्थिक र सामाजिक सशक्तिकरणमा महत्वपुर्ण भुमिका खेलेकोमा प्रसंसा गर्दै उनले नगरपालिकाले संचालन गर्ने महिला स्वरोजगार सम्बन्धि कार्यक्रम मार्फत सहकार्य गरेर अगाडी बढ्ने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी विकास बैंक कर्जा शाखाका शुशिल भट्टराइ,सहकारीका अध्यक्ष गंगा गुरुङ,कोषाध्यक्ष बालकुमारी भण्डारी,लेखा समिति संयोजक रिजन श्रेष्ठ, प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसाल, सहकारीका सल्लाहकार धना लामा,उपाध्यक्ष पुष्पा मल्ल,सदस्य सीता एसी,शेयर सदस्य गीता भट्टराइ लगायतले बोल्दै सहकारीले सिपमुलक तालिमहरु संचालन गरी स्वारोजगार बनाउँदै शेयर सदस्यहरुको सामाजिक र आर्थिक सशक्तिकरणमा महत्वपुर्ण भुमिका खेलेको बताए । सोही अवसरमा सहकारीका जेष्ठ शेयर सदस्यहरु भगवती घिमिरे र शिवकुमारी कुवर लाइ सम्मान गरीएको थियो । २०७८ को एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने स्नेहा गौतम र सुप्रिम श्रेष्ठलाइ पनि सम्मान गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय